श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ८ गते बिहीबार, २३ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको चतुर्थी तिथि १८ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आश्लेषा भोलि २ः५७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी क्षेत्रबाट सहयोग प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमसम्बन्धमा खटपट हुनसक्छ । सवारी साधन चलाउँदा विशेष ध्यान दिनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । खर्च बढ्नेछ । समय मध्यम्खालको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । वस्त्र, आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई प्रभावित पारेर काम सफल पार्न सकिनेछ । मनोरञ्जनात्मक सहभागी भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायबाट पर्याप्त लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला र गलाको प्रभाव बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नुका साथै स्वास्थ्यमा गम्भीर असर पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्न लागेको काम बिग्रन सक्छ । प्रेममा बाधाका साथै मन अशान्त रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यायिक कार्यमा सफलता मिल्नेछ । सरकारी क्षेत्रबाट सहयोग पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक जिम्मेवारी बढ्नेछ । आफन्तको सहयोग भरपूर पाइनेछ । मिष्ठान्न भोजनको योग छ ।