श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १० गते शनिबार, २५ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको षष्ठी तिथि २०ः३२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वफाल्गुनी ०५ः२५ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्य वा रोजगारी पाइनेछ । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ मिल्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई प्रभावित पारमा काम बन्ने र श्रमको उचित मूल्याङ्कन हुनेछ । आँखासम्बन्धी समस्या आउला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट सोचेअनुरूप लाभ हुनेछ । पुरानो घाउ बल्झिनाले स्वास्थ्यमा समस्या बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रबाट सोचेअनुरूप सहयोग प्राप्त हुनेछ । रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटे ताकेको कार्य पूरा होला । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थयात्रा हुने योग पनि रहेको देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हातपर्ने र शिक्षामा सफलता मिल्नेछ ।