श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस ११ गते आइतबार,  २६ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको सप्तमी तिथि २०ः३२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरफाल्गुनी ०५ः४५ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र तथा अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामकाज अगाडि  बढ्नेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्ममा मन लाग्नेछ । मान, प्रतिष्ठामा वृद्धि होला । रोकिएका काम अघि बढ्नेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । तीर्थयात्राको योग रहेको छ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको पूर्णरूपमा विकास हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दबाव र तनाव बढेको महसुस हुनेछ । प्रेमीप्रेमिकाबीच खिन्नता बढ्न सक्छ । यात्रा सफल हुनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभकार्यको चर्चा चल्नेछ । कलकारखाना र व्यापारबाट फाइदा हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिन राम्रो छ ।