धरान / हिमालयन बैङ्क लिमिटेड प्रदेश १ कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत धनकुटाको साँगुरीगढीमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

गत शुक्रबार साँगुरीगढीको भानु माध्यमिक विद्यालयमा आयोजीत वित्तिय साक्षरता कार्यक्रममा एक सयभन्दा बढी स्थानीय सहभागी थिए । बैङ्कको प्रदेश १ कार्यालय प्रमुख अमृत मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खा, अतिथीहरू वडा अध्यक्ष पलकबहादुर बस्नेत, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्ण खजुम, भानु माबिका प्रधानाध्यापक यज्ञबहादुर लिम्बु लगायत अन्य स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । बैंक तथा वित्तीय संस्थाका सेवा सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका बिराटनगर, इटहरी, धरान, हिले शाखाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

20211224_114657

चौबिसेमा विद्यार्थीलाई न्यायो कपडा

हिमालयन बैंक लिमिटेड धरान शाखाले धनकुटाको चौविसे गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

शुक्रबार सेवक अभियान धरानले गरेको कार्यक्रममा हिमालयन बैङ्कका तर्फबाट १ लाख ५० हजार मूल्य बराबरको ३० सय थान स्वेटर तथा टोपी वितरण गरिएको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम बैंकका प्रदेश १ प्रमुख अमृत मल्ल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

FB_IMG_1640427806119