श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १२ गते सोमबार, २७ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको अष्टमी तिथि १९ः५२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र हस्ता ०५ः२७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर राम्रो अवसर हात पार्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ । आफन्तले सहयोग गर्नेछन् । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथिको आगमन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दिन सामान्य छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य एवम् सङ्गीतमा रुचि बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकैका व्यक्तिसँग असमझदारी बढ्न सक्छ । साँझमा आर्थिक लाभ मिल्न सक्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्त तथा साथीभाइसँग भेटघाट हुनुका साथै मनोरञ्जनका साथ समय बित्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग रहेको छ ।