श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १३ गते मङ्गलबार, २८ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको नवमी तिथि १८ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र चित्रा ०४ः२९ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तीय संस्थाबाट सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुने योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ हुने योग छ । व्यापार–व्यवसायमा उन्नति र प्रगति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा रहनेको लागि समय राम्रो छ । वैदेशिक यात्राको अवसर आउन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारमा समस्या आउन सक्छ । सन्तानबाट भने सन्तुष्ट नै भइनेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुचारु हुन सक्छन् । प्रेम प्रसङ्गमा रमाइलोपन आउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या बढ्न सक्छ । दिन सामान्य छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग जुट्नाले काम सफल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यबाट धनलाभ हुनेछ । पढाइ र लेखाइमा प्रगति नै हुनेछ । दिन राम्रो छ ।