श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १४ गते बुधबार, २९ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको दशमी तिथि १६ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र स्वाती ०२ः५३ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका कामले पनि निकास पाउनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सवारी साधन किन्ने योग रहेको छ । लामो दूरीको यात्रा होला । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका कमजोरी सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व विकास गर्ने अवसर छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको थालनीले व्यापार–व्यवसायमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । सरकारी क्षेत्रबाट पनि सहयोग प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यवसायमा लगानी गर्दा सचेत रहनुहोला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख–सन्तोष छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कस्मेटिक व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैदेशिक यात्राको योग रहेको छ । आफ्नो सामान हराउन सक्ने देखिन्छ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा लगानी गर्दा पछिका लागि निकै राम्रो हुनेछ । यात्रा सफल रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । भविष्यको लागि राम्रो काम गर्ने समय रहेको छ ।