श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १५ गते बिहीबार, ३० डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको एकादशी तिथि १३ः५७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र विशाखा भोलि ००ः५३ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायबाट मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्यान्हदेखि भने सानातिना समस्यामा अल्झनु पर्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला । खानपानमा पनि ध्यान दिनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिफल कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुन सक्छ । शरीरमा कमजोरी महसुस हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूका लागि बुद्धि र समय खर्चनु पर्ला । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् । रोकिएका काम पुनः दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । आँटे, ताकेको काम पूरा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मन प्रसन्न पनि रहनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । मध्यान्हपछि सामाजिक उत्तरदायित्व प्राप्त हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
श्रममा समर्पित हुँदा तत्काल कामको मूल्य प्राप्त नहुँदा मनमा असन्तुष्टि छाउनेछ ।