श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १६ गते शुक्रबार, ३१ डिसेम्बर २०२१ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको द्वादशी तिथि १०ः५४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अनुराधा २२ः१५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा जटिल कामसमेत सजिलै सम्पादन हुनसक्छ । यात्राको सुवर्ण असर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत, साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । विवाद नगरे राम्रो होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ । मित्रजनले भरपूर साथ दिनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ । बन्धुबान्धवबीच आत्मीयतामा कमी आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा समस्या आउन सक्छ । नयाँ योजना धान्न केही समय प्रतीक्षा गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । रोकिएका कामकाज विस्तारै सम्पादन हुँदै जानेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । तीर्थयात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । आर्थिक कारोबारमा मन्दी आउने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा सफलता पाइनेछ । मनोरञ्जनमा दिनहरु बित्नेछ । दिन राम्रो छ ।