श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुस १८ गते आइतबार, २ जनवरी २०२२ । राक्षसनाम संवत्सर, पुष कृष्णपक्षको औंशी तिथि ००ः१७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल १६ः३४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभकार्यको चर्चा चल्नेछ । कलकारखाना र व्यापार–व्यवसायबाट फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तको प्रगतिमा मन रमाउनेछ । पुँजी बजार र अरू व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दबाव र तनाव बढेको महसुस हुनेछ । प्रेमी–प्रेमिकाबीच खिन्नता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुने देखिन्छ । मन प्रसन्न रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ सामान हातपर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफूलाई शारीरिक थकान भएको अनुभूति हुनेछ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यले विभिन्न अवसर जुटाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ । विद्याको विकास हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान–सम्मानमा वृद्धि होला । धर्म–कर्ममा मन जानेछ । सामाजिक दायित्व पनि बढ्नेछ ।