श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष १९ गते सोमबार, ३ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको प्रतिपदा तिथि २०ः१७ बजे सम्म, उप्रान्त द्वितिया नक्षत्र पूर्वाषाढा १३ः४५ बजेसम्म, उप्रान्त उत्तरषाढा , चन्द्रमाराशि धनु, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्न सक्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्यहरुमा सफलता मिल्ने छ । दिन राम्रो छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । पार्टी पिकनीक तथा सेमिनारमा सहभागी भइएला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पठनपाठनका क्षेत्रबाट लाभलिन सकिनेछ । पुँजी वजारले पनि साथ दिने छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । मन शान्त रहनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलिको भरमा कार्य सम्पादन हुनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अचल सम्पत्ति हात पर्ने योग छ । वैदेशिक यात्राको योग रहेको छ । दिन राम्रोछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बन्धुवान्धवबाट सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्ने देखिन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज विद्या र बृद्धिका विकास हुनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला ।