श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २० गते मङ्गलबार, ४ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको द्वितिया तिथि १७ः३६ बजे सम्म, उप्रान्त तृतिया नक्षत्र उत्तरषाढा ११ः१० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज लामो समयदेखि रोकिएको अधुरा कार्यले पूर्णता पाउनेछ । आय आर्जनका क्षेत्रमा सुधार हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म कर्म परोपकार समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । दाजुभाइ वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्यमा वृद्धि हुने र पारिवारिक सुखको योग छ । नयाँ र शुभसमाचार सुन्न पाइनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार व्यवसाय फष्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज बचन दिँंदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुने देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अकस्मात सफलता पाइन सक्छ तर अपमानको सम्भावना पनि रहको देखिन्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हाल हतियार चलाउँदा चोटपटकको भय पनि रहला । साँझमा कार्यहरु सम्पादन हुन सक्छ ।