श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २१ गते बुधबार, ५ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको तृतिया तिथि १४ः५२ बजेसम्म, उप्रान्त सप्तमी नक्षत्र श्रवण ९ः०१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । अरुका लागि केही समय प्रतिक्षा गर्नुपर्ला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पहिले पहिले गरेका कामबाट प्रसस्त लाभ मिल्नेछ । व्यवसायमा लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) काममा चुनौति सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । उपलब्धिका लागि केही समय प्रतिक्षा गर्नुपर्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । खानपानमा सचेत रहनुहोला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनैतिक कार्यमा सफलता मिल्नुका साथै मान सम्मान प्राप्त हुने योग रहेको छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विश्वास दिलाएर झुक्याउनेहरुले सताउन सक्छन् । लेनदेनको कारोबारमा सचेत रहनुहोला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धनखर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विभिन्न अवसरले पछ्याउने छन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) श्रोत साधन जुट्नाले कर्मको उचित प्रतिफल पाइनेछ । हड्डीसम्बन्धी समस्याले सताउन सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वैदेशिक यात्राको योग रहेको छ । यात्रा गर्दा बहुमुल्य सामान हराउन सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मिहिनेतले नाम, दाम र इमान दिलाउन सक्छ । पुरानो घाउ बल्झिनाले पिडादायी बनाउनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय लागे पनि काममा केही उपब्धि प्राप्त हुनेछ । आम्दानीका नयाँ श्रोत फेला पर्नेछन् ।