श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २२ गते बिहिबार, ६ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको चतुर्थी तिथि १२ः४७ बजे सम्म, उप्रान्त पञ्चमी नक्षत्र धनिष्ठा ७ः२६ बजेसम्म, उप्रान्त पूर्वभाद्र , चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित दाम प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयतन गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भैपरी आउने खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । काम विग्रनाले दोहो¥याएर गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपरिचित व्यक्तिबाट नोक्सान होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वसाइको स्थानान्तरण वा लामो यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरु बढ्नेछन् । विशिष्ट व्यक्तिहरुसँग भेट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका कामहरु सम्पादन हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक जमघटले आनन्द दिलाउनेछ । चिसोको कारण स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारीनीकायबाट सोचेअनुरुप सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरीद बिक्री गर्ने योग रहेको छ । व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ । प्रेम सम्बन्ध सफल रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिक्षा गरेको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ