श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल पुष २३ गते शुक्रबार, ७ जनवरी २०२२ । राक्षस संवत्सर पुष शुक्लपक्षको पञ्चमी तिथि ११ः२७ बजे सम्म, उप्रान्त षष्ठी नक्षत्र पूर्वभाद्र ६ः२३ बजेसम्म, उप्रान्त उत्तरभाद्र , चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समयमा बचन पुर्याउन नसक्दा अरुले आलोचना गर्न सक्छन् । वाणिमा सम्यमता अपनाउनु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गरीकन चिताएको मुल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । अध्ययनमा त्यति समयदिन नसकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महत्वाकांक्षी योजना गोप्य राखेर अधि बढ्नुहोला । ठुलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साहसी काम गरेर अरुको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायीक काममा राम्रै फड्को मार्न सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रसस्त फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जिम्मेवारी प्राप्त भए पनि वेलामा होस नपु¥याउदा दुःख पाइनेछ । समयमा निर्णय नलिदा काम विग्रनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरीको अनुभुति हुनेछ । साथै कामको चाप अधिक मात्रामा बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिका चक्रमा अलमलिनुपर्दा कार्य सम्पादनमा समय लाग्नेछ । केही खर्चसमेत बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यावहारिक समस्याले योजना स्थगन हुने देखिन्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । अरुको फाइदाका लागी उपयोगी भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको उच्च मुल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ ।