इनरुवा / नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको जारी मत गणनामा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले आफ्नो अग्रतालाई कायम राखेका छन । 

सुरुवातबाटै लिएको अग्रतालाई भण्डारी क्रमशः बढाउँदै लगेका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १४ सय मत गन्दा भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मत ल्याएका छन । द्वारिकलाल चौधरी भने १४ सय मत गन्दा ६६ मत ल्याएका छन । 

जिल्ला पार्टी कार्यालय इनरुवामा जारी गणनामा उपाध्यक्ष पदको उम्मेद्वार निलम खनालले ७ सय ९३ मत ल्याएका छन । उनका प्रत्यासी नन्दकुमार बस्नेतले ५ सय ३६ मत पाएका छन । उप–सचिव तर्फ राम कोइरालाले अग्रता कायम राखेका छन । उनले ६ सय ३२ मत ल्याउँदा दोस्रो स्थानमा रहेका योग्यराज खड्काले ४ सय ५६ मत ल्याएका छन । 

त्यस्तै पदम बहादुर लिम्बुले ४ सय १६ मत ल्याउँदा अञ्जनी कुमार पोखरेलले ३ सय ८१ मत ल्याएका छन । यस्तै लोकेश निरौलाले ३ सय ७२ मत पाएका छन । लहरुमाया जिमीले १ सय ८९ र अर्जुन गहतराजले १ सय ६७ मत ल्याएका छन । 

एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न मतदानमा १ हजार ८ सय ५ मत खसेको थियो । मूख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार साँझ अवेर सम्म पदाधिकारी तर्फको परिणाम सार्वजनिक हुनेछ ।