झापाकाे मेचीनगर नगरपालिका बालयौन दुराचार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ९ दुर्गा टोल का ४० वर्षीय नर बहादुर कार्की रहेकाे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएकाे छ ।
कार्यालयका अनुसार कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति बालयौन दुराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।