श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ६ गते बिहीबार, २० जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको द्वितीया तिथि ८ः२२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्लेषा ८ः३८ बजेसम्म, उप्रान्त  मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पुराना लेनदेनका मुद्दाहरू किनारा लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरीमा पदोन्नति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
माया–प्रेममा नजिक हुने समय रहेको छ । जीवनसाथीका सहयोगले परिणाममुखी काम गर्न सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पैतृक धन तथा सम्पत्तिको प्रयोगमार्फत् आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समाजमा लोकप्रिय काम गरी दाम तथा नाम दुवै कमाउन सकिनेछ । राज्यको तर्फबाट सम्मान मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । प्रेमसम्बन्धमा सफलता पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राजनैतिक तथा समाजसेवामा अरूको मन जित्न सकिनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पढाइ, लेखाइमा उत्कृष्ट सफलता मिल्ने योग देखिन्छ । माया–प्रेमको सम्बन्ध कसिलो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली व्यवहारमा चनाखो रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनसम्पत्ति खर्च हुने सम्भावना देखिन्छ । कर्जा र उधारो व्यापारमा चनाखो रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय  रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्दै जाँदा दाम र नाम कमाउन सकिनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।