श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ७ गते शुक्रबार, २१ जनवरी २०२२ । राक्षस संवत्सर माघ कृष्णपक्षको तृतिया तिथि ९ः०८ बजे सम्म, उप्रान्त चतुर्थी नक्षत्र मघा ९ः५६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी , चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) माता पिता तथा अभिभावक वर्गको स्वास्थ्यमा सुधार आउनेछ । ठुलावडाको सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारबाट टाढा बस्नेहरुमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यको चन्द्रमाको प्रभावले मन दार्शनिक विषयवस्तुमा केन्द्रित हुनसक्छ । परिवारमा सामान्य मतभेद हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आलस्य र थकानको अनुभुति हुनेछ । झर्को लाग्दो यात्राको पनि सम्भावना रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरुले तपाईका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा दिला सुस्ती होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नजीकको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ तेसैले सचेत भएर अधि बढ्नु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जग्गा जमिनको कारोबारबाट सोचेअनुरुप लाभ नमिन्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) होटल वस्त्रको व्यापार गर्नेहरुको लागि निकै फाइदा देखिन्छ । प्रेमसम्बन्ध कसिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) वैदेशिक यात्राको योग रहेको छ । खानपिनमा विचार नपु¥याउदा स्वास्थ्यमा असर पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य रहनेछ ।