श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ८ गते शनिबार, २२ जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको चतुर्थी तिथि ९ः३१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वफाल्गुनी १०ः५१ बजेसम्म, उप्रान्त  उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन तथा ज्ञानको भण्डार बढ्नेछ । विभिन्न भौतिक साधन प्राप्त हुने देखिन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीले साथ दिनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण बढाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च लागे पनि दिगो काम गर्न सकिनेछ । खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरूले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती होला। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला । पछिका लागि लगानी गर्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विलासी वस्तुहरूमा खर्च बढ्नेछ । व्यपार–व्यवसायमा घाटा लाग्न सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य रहनेछ ।