श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १० गते सोमबार, २४ जनवरी २०२२ । राक्षस संवत्सर माघ कृष्णपक्षको षष्ठी तिथि ९ः०४ बजे सम्म, उप्रान्त सप्तमी नक्षत्र हस्ता ११ः३२ बजेसम्म, उप्रान्त चित्रा , चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज रोकिएका काम पुनः सुरुहुन सक्छन् । जग्गा–जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । शुभारम्भको चर्चा चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विचार पु¥याएर निर्णय लिनुराम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्नपाउनु हुनेछ । पारिवारिक सुखपनि मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एक पछि अर्को अवसर आउनाले मनप्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सभासमारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज नयाँ कार्यको योजना बन्नेछ । दाम इनाम र प्रतिष्ठा कमाउने बेला रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक सुख सन्तोष छाउनेछ । अतिथिको रुपमा सत्कार पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । धार्मिक यात्राको योग पनि रहेको देखिन्छ ।