श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ ११ गते मङ्गलबार, २५ जनवरी २०२२ । राक्षस संवत्सर माघ कृष्णपक्षको सप्तमी तिथि ८ः११ बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र चित्रा ११ः१४ बजेसम्म, उप्रान्त स्वाति, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३८ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) आज राज्यबाट मानसम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । वस्त्र आभुषणको व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) लगनशीलताले कामहरु अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक तिर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछन् । दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहित्यक क्षेत्रमा रुचि बढ्नेछ । अवलोकन र भ्रमणको योग पनि रहेको देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुुटुम्बको सहयोग मिल्नेछ । सेयरको कारोबार बाट प्रसस्त लाभ मिल्नेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बन्धुबान्धवहरुबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज कष्टकर यात्रा गर्नुपर्ला । आफुलाई कमजोर भएको अनुभुति हुनेछ । दिन सामान्य छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) विनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागमन हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आर्थिक कारोबारमा सफलता पाइएला । मनोरञ्जनमा सहभागिता भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज सहकर्मीबाट वीरोध आउला । गलत निर्णय लिन पुगिएला सावधानी अपनाउनु होला ।