श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल माघ १२ गते बुधबार, २६ जनवरी २०२२ । राक्षसनाम संवत्सर, माघ कृष्णपक्षको नवमी तिथि ४ः५६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र स्वाति १०ः२६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान हराउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । व्यापार– व्यवसायमा वृद्धि हुनुका साथै आम्दानी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घुमफिरमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । स्वास्थ्यको भने ख्याल रान्नु पर्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । व्यापार–व्यवसायमा वृद्धि हुनुका साथै आम्दानी बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । यात्रामा मालसामान हराउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भैपरि आउने समस्याले खर्च बढ्नेछ भने यात्रा पनि सफलता पूर्ण हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसाय र पेशाका क्षेत्रमा उन्नति, प्रगतिको वातावरण बन्ने योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।