श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन ११ गते बुधबार, २३ फरवरी २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको सप्तमी तिथि १७ः१६ बजेसम्म, उप्रान्त अष्टमी नक्षत्र विशाखा १४ः५७ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः३४ र सूर्यास्त ६ः०० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि यात्राको प्रक्रिया अधि बढ्न सक्छ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको र ताकेको कार्य पूरा होला । नजिकको व्यक्तिबाट सहयोग पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । प्रेमसम्बन्ध कसिलो होला । छोटो दूरीको यात्रा होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनमा जोस, जाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय रहेको देखिन्छ । मन शान्त रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । व्यापारमा लगानी बढाउँदा राम्रो होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पेटसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पु¥याउनु होला । यात्रा सफल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्ला ।