राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत सङ्कलक तथा अभिनेता जयनन्द लामाका निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको बताइन् । आज बिहान ट्विट गर्दै राष्ट्रपतिले आजै दिवङ्गत गायक लामाप्रति श्रद्धाञ्जलि अर्पणका  साथ शोकाकूल परिवारमा समवेदना व्यक्त गरेकि  छिन् ।