श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १२ गते बिहीबार, २४ फरवरी २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन कृष्णपक्षको अष्टमी तिथि १५ः२५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अनुराधा १३ः४९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः३३ र सूर्यास्त ६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नसोचेको ठाउँबाट धनागमन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सम्पादनमा सहजता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । प्रेमसम्बन्धमा खट्पट आउन सक्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक यात्राको योग रहेको छ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका कामकाज विस्तारै सम्पादन हुँदै जानेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सद्भाव बढ्नेछ । विद्वानहरूको साथमा घुलमिल हुने मौका मिल्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राज्यबाट मानसम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नुका साथै मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपान र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । खर्च बढ्ने सम्भावना देखिन्छ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधन खरिद गर्ने योग छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
माया–प्रेममा सुमधुर सम्बन्ध बढेर जानेछ । घरपरिवार तथा आफन्तबीच पनि सम्बन्ध राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुँदै जानेछ । दिन राम्रो छ ।