श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १४ गते शनिबार, २६ फरवरी २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको दशमी तिथि ११ः०० बजे सम्म, उप्रान्त एकादशी नक्षत्र मुल १०ः५० बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः३१ र सूर्यास्त ६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जिद्धीपनाले गर्दा काम विग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु उचित रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज रोकिएका अधुरो कार्यले पूर्णता पाउनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखी पूर्व बोलीले काम बन्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । समय राम्रै वित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा विगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनेछ । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दिन राम्रो छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि व्यवसायबाट राम्रै फड्को मार्न सकिनेछ । सवारी साधन प्राप्तिको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिन राम्रो छ ।