श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २० गते शुक्रबार, ४ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको द्वितीया तिथि २१ः२५ बजेसम्म, उप्रान्त तृतीया नक्षत्र उत्तरभाद्रा २ः०६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः२५ र सूर्यास्त ६ः०५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूलाई प्रभावित पारेमा काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम बन्नसक्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आय आर्जनका क्षेत्रमा सुधार आउनेछ । पठन–पाठनमा प्रगति हुनेछ । दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिएका प्रयासबाट सुनिश्चित सफलता प्राप्तिको योग छ । धनाजर्नका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लुकेको प्रतिभा र व्यावसायिक योग्यताको सहज विकास हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक र सांस्कृतिक महŒवको क्षेत्रमा भ्रमण हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुख सुविधा भोग गर्न पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउला । दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा कामबाज बिग्रने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज स्वास्थ्यप्रति सजग रहनुहोला । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभ कार्यको चर्चा चल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्ने देखिन्छ । दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक कार्य सफल रहनेछ । माया–प्रेमको सम्बन्ध बढेर जानेछ र मन प्रसन्न रहला ।