श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २३ गते सोमबार, ७ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको पञ्चमी तिथि २२ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी ६ः१३ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः२२ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विपरीत वर्गबाट विशेष सहयोग मिल्ला । परिवारको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूलाई प्रभावित पारेर काम सफल पारिनेछ । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको र ताकेको कार्य पूरा होला । आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धि र विवेकको प्रयोग गर्नसके आजको दिनलाई सकारात्मक बनाउने समय रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइने समय रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिन राम्रोे छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण पनि बढ्ला । मन शान्त रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले मनमा छट्पटी व्याप्त हुनसक्छ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्ने देखिन्छ । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ ।