श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २५ गते बुधबार, ९ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको सप्तमी तिथि ३ः१७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र कृतिका ८ः५० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२० र सूर्यास्त ६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले मनमा उत्साह बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । यात्रा गर्दा सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिजन्य पेशाबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक समस्या बढ्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त होला । सोचेअनुरूप काम बन्नाले हौसला प्राप्त होला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा आम्दानीका स्रोतहरू फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै जाँदा नाम र दाम कमाउन सकिनेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च लागे पनि सफलतातर्फ सकारात्मक सङ्केत प्राप्त हुनेछ ।  पछिका लागि केही वस्तु त्याग्नु पर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला । उठ्नुपर्ने रकम प्राप्त हुनेछ । दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु होला ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप नै लाभ मिल्ने समय रहेको देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्नेछ । रोकिएको काम दोहोर्याएमा सम्पन्न होला ।