श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २६ गते बिहीबार, १० मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको अष्टमी तिथि ५ः५४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र रोहिणी ११ः४७ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः१८ र सूर्यास्त ६ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र बुद्धिको विकास हुनेछ । आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा निम्त्याउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार–व्यवसायबाट लाभ होला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्ने प्रबल सम्भावना रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लाग्नेछ । सहयोगीहरूले साथ दिनाले चिताएको काम पूरा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । आँटे ताकेका कामहरू पूरा हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण बित्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन किन्ने योग रहेको छ । पढाइमाभन्दा मनोरञ्जनमा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो दूरीको यात्रा हुनेछ । पारिवारिक मेलमिलापले घरमा खुसीयाली छाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचे अनुरूप सफलता मिल्ने योग रहेको छ ।