श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २७ गते शुक्रबार, ११ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको नवमी तिथि ८ः२६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र मृगशिरा १४ः५२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१७ र सूर्यास्त ६ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम प्रसङ्गमा रमाइलोपन आउने समय देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा सफलता मिल्नेछ । प्रविधिमार्फत् इष्टमित्रहरूसँग भेटघाट होला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अध्ययन– अध्यापनमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक यात्राको योग रहेको छ । सोचेअनुरूप लाभ मिल्नेछ । दिन राम्रो रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 प्रेमसम्बन्धमा सफलता मिल्नेछ भने शिरसम्बन्धी समस्याले सताउन सक्छ । स्वास्थ्यमा अलि ध्यान दिनु पर्नेछ ।