श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन २८ गते शनिबार, १२ मार्च २०२२ । राक्षसनाम संवत्सर, फाल्गुन शुक्लपक्षको नवमी तिथि ८ः२६ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र आद्र्रा १७ः४८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१६ र सूर्यास्त ६ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । नोकरीबाट मान–सम्मान मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग मनमुटाव बढ्ला । बहुमूल्य सामान हराउन सक्ने देखिन्छ । दिन सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दबाव र तनाव बढेको महसुस हुनेछ । महŒवपूर्ण अवसर गुम्न सक्ने समय देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायका क्षेत्रमा उन्नति, प्रगतिको वातावरण बन्ने योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सहयोग पाइनेछ । यात्राको अवसर मिल्नेछ । दिन राम्रो रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको थालनी गर्दा होस पु¥याउनु होला । शत्रुहरू धेरै लाग्नेछन् । अलि सजग रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेमसम्बन्धमा समस्या आउनेछ । सवारी साधन चलाउँदा विचार पु¥याउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको कामलाई निरन्तरता दिए सफलता मिल्नेछ । वैदेशिक यात्राको अवसर आउन सक्छ ।