श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २२ गते मङ्गलबार, ५ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको चतुर्थी तिथि १६ः०६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका १७ः१० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः५० बजे र सूर्यास्त ६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सामाजिक तथा आर्थिक क्षेत्रमा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्या र बुद्धिको विकास हुनेछ । चल–अचल सम्पत्ति प्राप्त हुनेछ । दिन राम्रो रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख–दुःख बराबरी रहने मध्यम् खालको दिन रहेको छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्वपूर्ण सामान हराउन सक्छ । अतः सचेत रहनुहोला । मनमा निराशा छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । शत्रुहरू पराजित हुनेछन् । दिन सामान्य छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा झमेला आउन सक्छ । अतः सचेत भएर कार्य अघि बढाउँदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा आलश्यता छाउनेछ । मानसिक तनाव बढ्ने देखिन्छ । कार्य गर्दा आत्मविश्वासका साथ गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेका, ताकेका कार्यहरू विस्तारै सम्पादन हुँदै जानेछन् । परिवारबाट सन्तोष मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कपडाको व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । अकस्मात् धनलाभ हुने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । लामो दूरीको फलदायी यात्रा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थालेको कार्य सफल हुनेछ । इष्टमित्रहरूले साथ दिनेछन् ।  यात्रा फलदायी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 व्यवसायमा लगानी गर्ने समय छ । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । दिन राम्रो रहेको छ ।