श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २३ गते बुधबार, ६ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत शुक्लपक्षको पञ्चमी तिथि १८ः२३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र रोहिणी १९ः५९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४९ बजे र सूर्यास्त ६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम सम्पादन हुने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । तीर्थ यात्राको योग रहेको छ । मन शान्त रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिनको कारोबारबाट राम्रै फड्को मारिनेछ । व्यवसायमा लगानी बढाउनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषणको व्यवसायबाट मनग्य लाभ मिल्नेछ । साँझतिर अधिक खर्च बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण तरिकाले बित्नेछ । नयाँ अवसर मिल्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा मालसामान हराउन सक्नेछ । बन्न लागेको काम रोकिन सक्छ । अलि सजग भएर रहँदा राम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेको काममा सफलता मिल्नेछ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । हड्डीसम्बन्धी समस्याले सताउन सक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानमा विचार पुर्याउनु होला । स्वास्थ्यमा समस्या देखिने समय रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामकाजमा चोटपटक लाग्न सक्ने देखिन्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक मेलमिलापले घरमा खुसीयाली छाउनेछ । मन प्रफुल्लित रहने समय रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
 स्वास्थ्यसम्बन्धी समस्या देखिनेछ । आफन्तहरूको सहयोग पाइएला । दिन राम्रो रहेको छ ।