श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २४ गते बिहीबार, ७ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको षष्ठी तिथि २०ः५४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मृगशिरा २०ः०० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४८ बजे र सूर्यास्त ६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइले राम्रो सहयोग जुटाउनेछन् ।  पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा रुचि बढ्नेछ । व्यापारबाट राम्रै लाभ हुने देखिन्छ । दिन राम्रो रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक सङ्कटले गर्दा मनमा अलि अशान्ति र स्वास्थ्यमा समस्या देखा पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । मन शान्त रहला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो दूरीको सफल यात्रा हुनेछ । समय राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ अवसर प्राप्त हुने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । यात्रा गर्दा सचेत रहनु होला । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पुरानो रोग बल्झिनाले शारीरिक कष्ट बढ्नेछ । व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन खरिद गर्ने समय छ । मनोरञ्जनमा समय बित्नेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गरेमा राम्रै अवसर जुट्ने देखिन्छ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइने समय रहेको छ ।