श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २५ गते शुक्रबार, ८ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको सप्तमी तिथि २३ः२५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा २ः०० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४७ बजे र सूर्यास्त ६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । थोरै भए पनि लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना सूचना बाहिरिनाले समस्या आउला ।  पेटको खराबीले अस्वस्थ भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपलब्धिविहीन काममा समय बित्नेछ । अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।  नयाँ कामको थालनी हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, व्यवसायबाट मनग्य आम्दानी हुनुका साथै मन प्रफुल्लित रहनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सवारी साधन खरिद–बिक्री गर्ने समय छ । सरकारी निकायबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् ।  परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सोचेअनुरूप लाभ मिल्नेछ । यात्रा सफल रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वाणीका कारणले गर्दा बन्नलागेको कामसमेत बिग्रनेछन् । नयाँ कार्यको योजना बनाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ । मन मिल्ने साथी भेटिनेछ । दिन राम्रो रहेको छ ।