श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २६ गते शनिबार, ९ अप्रिल २०२२ । राक्षस संवत्सर चैत शुक्लपक्षको अष्टमी तिथि १ः४२ बजे सम्म, उप्रान्त नवमी नक्षत्र पुनर्वसु ४ः४६ बजेसम्म, उप्रान्त पुष्य चन्द्रमाराशि मिथुन सूर्योदय ५ः४६ र सूर्यास्त ६ः२५ बजे हुनेछ
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफन्तको सहयोग र सद्भावले मनमा आनन्द मिल्नेछ । काम देखाएर उपलब्धि हातपर्ने समयछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) बोलीको प्रभाव बढ्नुका साथै अभिव्यक्तिमा निखारता आउनेछ । कर्म योगले मनग्य फाइदा दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा जमिनको कारोबारबाट सोचे अनुरुप फाइदा नरहला । आखाँ सम्बन्धी समस्याले सताउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । दिन राम्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रेम सम्बन्धमा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । मन शान्त रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्ताका कारण स्वास्थ्यमा नकरात्मक असर पर्नेछ । लामोदुरिको यात्रा रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानो प्रयत्नले ठुलो उपलब्धि प्राप्त हुनेछ । काममा साथ दिनेहरु प्रशस्तै भेटिने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ साथै मन प्रसन्न हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य काममा धन र श्रम खर्चनुपर्ला । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभुति हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनियता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । समस्या दर्साउदा सहयोगी जुट्नेछन् ।