श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २७ गते आइतबार, १० अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको नवमी तिथि ३ः३३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुष्य ७ः०९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४४ बजे र सूर्यास्त ६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवादबाट टाढा रहेकै बेस हुनेछ । आफन्तको सहयोग कमै मात्रामा पाइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न भौतिक साधन जुट्नेछन् । नयाँ कार्य प्रारम्भ हुने समय रहेको देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । स्वास्थ्यमा समस्या आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयत्नले ठूलो उपलब्धि प्राप्त हुनेछ । काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । दिन राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिसँग भेटधाट गर्ने अवसर जुट्नेछ । व्यवसायबाट राम्रै आम्दानी होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी गर्दा प्रशस्त लाभ मिल्नेछ । तीर्थ यात्राको योग रहेको देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । लामो दूरीको यात्रा हुने देखिन्छ । समय राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभ चिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको नतिजा सकारात्मक आउनेछ । कार्यमा सुधार आउला । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटधाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ ।