श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २८ गते सोमबार, ११ अप्रिल २०२२ । राक्षसनाम संवत्सर, चैत्र शुक्लपक्षको दशमी तिथि ४ः४८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुष्य ७ः०६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४३ बजे र सूर्यास्त ६ः२६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
गोपनीयता बाहिरिनाले समस्या आइपर्ने देखिन्छ । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । समय राम्रै तरिकाले बित्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही विवादास्पद कामको जिम्मेवारी बहन गर्नुपर्ला । सम्यमता अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । अध्ययनमा मन लाग्ने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्बन्ध सुमधुर राख्न व्यवहारमा सजग रहनुपर्नेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । साथीभाइको सहयोगले उत्साह मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती लिँदै काम बनाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । तीर्थ यात्राको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका समस्या सुल्झाउन पनि काम दोहो¥याउनु पर्ने हुनसक्छ । स्वास्थ्य कमजोर हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । अतः खानपानमा विचार पुर्याउनु होला ।