श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत २९ गते मङ्गलबार, १२ अप्रिल २०२२ । नल नाम संवत्सर, चैत्र शुक्लपक्षको एकादशी तिथि ५ः२० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्लेषा ८ः५० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४२ बजे र सूर्यास्त ६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धेरैले कामको तारिफ गर्नेछन् । सामाजिक नेतृत्व अथवा पदीय जिम्मेवारी प्राप्त हुन सक्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी गरेमा दिगो फाइदा हुने योग रहेको छ । छोटो दूरीको यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । समय मध्यम् रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ । खानपानमा सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । व्यवसायमा लगानी गर्दा प्रशस्त फाइदा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । कार्य गर्दा जोस, जाँगर बढ्ने समय रहेको देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका कामहरू विस्तारै सम्पादन हुँदै जानेछन् । लामो दूरीको यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट नसोचेको लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्य कमजोर रहने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूले साथ दिनेछन् । चुनौतीहरू स्वतः हट्नेछन् । समय राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्नेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महŒवाकाङ्क्षी काम बन्न सक्छ । नाम र दाम कमाउने अवसर छ ।