श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ३० गते बुधबार, १३ अप्रिल २०२२ । नल नाम संवत्सर, चैत्र शुक्लपक्षको द्वादशी तिथि ५ः०९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा ९ः५२ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४१ बजे र सूर्यास्त ६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ । राम्रो कार्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा सोचेअनुरूप लाभ मिल्नेछ । तीर्थयात्राको योग रहेको छ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्दा सचेत रहनु होला । शरीरमा चोटपटक लाग्न सक्नेछ । चल–अचल सम्पत्ति हातपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि व्यवसायबाट मनग्य लाभ  मिल्नेछ । सुखद् यात्राको योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । मन शान्त रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त नहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काम दोहो¥याउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । व्यवसायबाट राम्रै आम्दानी होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नुका साथै लामो दूरीको यात्रा हुने देखिन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरमा काम पूरा नहुन सक्छ ।