श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १ गते बिहीबार, १४ अप्रिल २०२२ । नलनाम संवत्सर, चैत्र शुक्लपक्षको त्रयोदशी तिथि ४ः१५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वफाल्गुनी १०ः१३ बजेसम्म, उप्रान्त उत्तरुफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४० बजे र सूर्यास्त ६ः२७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्य अर्थ सञ्चय गर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी साधन खरिद बिक्री गर्ने योग रहेको छ । परिवारमा सुख–सन्तोष छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषिजन्य व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक समस्या आउने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काम थाल्न केही समय पर्खनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्नेछ । रोकिएका कामकाज बन्दै जानेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनत गरे आम्दानीका स्रोतहरू फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक भेटघाटले खुसीयाली छाउनेछ । प्रतिष्ठित काम गर्दै जाँदा नाम र दाम कमाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी गर्दा पछिका लागि फाइदा हुनेछ । वैदेशिक यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यको योजना बन्नेछ । नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम सफल हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।