श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख २ गते शुक्रबार, १५ अप्रिल २०२२ । नलनाम संवत्सर, चैत्र शुक्लपक्षको चतुर्दशी तिथि २ः४४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र उत्तरफाल्गुनी ९ः५२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३९ बजे र सूर्यास्त ६ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
वित्तीय संस्थाबाट सोचेअनुरूप सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रवर्ग र हितैषीबाट राम्रै सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थालेका काममा ढिलासुस्ती हुनेछ । मित्रजनबाट सहयोग पाइने छैन । दिन सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटे ताकेको कार्य पूरा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कष्टपूर्ण यात्रा हुनसक्छ । वैदेशिक यात्राको योग रहेको छ । दिन सामान्य रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । सरकारी निकायबाट सहयोग प्राप्त होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । व्यवसायमा लगानी बढाउनु पर्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिको सहयोगबाट थालेको कार्य सम्पन्न हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अनावश्यक ठाउँमा धन खर्च होला । आत्माघाती काम गर्न पुगिएला । अलि सजग रहनु होला ।