श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ४ गते आइतबार, १७ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि २२ः१९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र चित्रा ७ः३३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः३७ बजे र सूर्यास्त ६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि आवश्यक सहयोग गर्नेछन् । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारबाट मनग्य लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको भरमा चिताएको काम पूरा हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । मनोरञ्जनपूर्ण दिन बित्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारबाट पनि प्रशस्त लाभ हुनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु उपहारमा प्राप्त हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण बढाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ । मन शान्त रहला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् ।