श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ५ गते सोमबार, १८ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको द्वितीया तिथि १९ः४१ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती ५ः४९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः३६ बजे र सूर्यास्त ६ः२९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनु होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । पारिवारिक तनाव बढ्ने समय रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । खर्चसमेत बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमसम्बन्ध अझै कसिलो हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई प्रभावित पारेर काम सफल बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसरहरू आउनाले मन प्रसन्न रहनेछ । स्वादिष्ट भोजनको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइले सहयोग जुटाइदिनेछन् । रोकिएका काम पुनः सुरु हुन सक्लान् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनैकि क्षेत्रमा सफलता पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा समस्या आउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ । दिन सामान्य छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ ।