श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ६ गते मङ्गलबार, १९ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको तृतीया तिथि १६ः५४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अनुराधा १ः५२ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः३५ बजे र सूर्यास्त ६ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ तर, आत्मविश्वासको कमीले काममा पछि परिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको सहयोगले काम पूरा हुनसक्छ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च बढ्नाले चिन्ताले सताउन सक्छ । आत्मबल कमजोर भएको महसुस हुनेछ । धैर्यता अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तीर्थयात्राको योग रहेको छ । अध्ययन–अध्यापनमा भने प्रगति हुनेछ । दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । व्यवसायमा लगानी गर्दा विशेष फाइदा होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधन खरिद–बिक्री गर्ने योग छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अकस्मात धनलाभ हुनेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, साहित्यतिर रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी निकायबाट सोचेअनुरूप सहयोग प्राप्त हुनेछ । यात्रा सफल रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ । मनोरञ्जनमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अहिलेको श्रमबाट पछिलाई फाइदा हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो गोपनीयतामा ध्यान पु¥याउनु होला । फाइदाजनक कामको नयाँ प्रस्ताव आउनेछ ।