श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ७ गते बुधबार, २० अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको चतुर्थी तिथि १४ः०७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र ज्येष्ठा २३ः५३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः३४ बजे र सूर्यास्त ६ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले राम्रो स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनुका साथै पुरस्कार प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्नाले मनग्य धनलाभ हुनेछ । चिताएका काम सम्पादन हुँदै जानेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । सुखद् समाचार मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनप्रति लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कमीकमजोरीहरूलाई सुधार गर्ने मौका छ । खानपानमा सचेत रहनुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । निर्णायक क्षमता कमजोर बन्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन राख्दा दुःख पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउला । अरूको भरले मात्र काम पूरा नहुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ । सोचेजस्तै सफलता पनि मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिलो हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानी गर्दा व्यवसायमा मनग्य आम्दानी हुनेछ । पुरानो समस्याले पुनः सताउन सक्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पेटसम्बन्धी समस्याले सताउन सक्छ । वैदेशिक क्षेत्रको कार्य अधुरै रहने देखिन्छ ।