श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख ९ गते शुक्रबार, २२ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको षष्ठी तिथि ८ः५६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वषाढा २०ः२६ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३२ बजे र सूर्यास्त ६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । लामो दूरीको फलदायी यात्रा हुन सक्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुखद् मिलनको योग रहेको छ । दाम्पत्य जीवन सुखमय रहनेछ । मन शान्त रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सल्लाह, सहयोग र हौसला पाइनुका साथै मन प्रसन्न रहने देखिन्छ । दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । यात्रा सफल रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमसम्बन्धमा खट्पट आउनेछ । बन्न लागेका कार्यहरू रोकिनेछन् । धैर्यतापूर्वक कामकाज गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाणीका कारण बन्न लागेको काम पनि सम्पादन हुन गाह्रो पर्नेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको योजना बन्नेछ । आँटे ताकेको कार्य पूरा होला । दिन राम्रो रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । पठन–पाठनमा केही सुधार आउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभावकारिता बढ्नेछ । हर्ष, उमङ्ग र विश्वास बढेर जानेछ । मन प्रसन्न रहला ।