श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल वैशाख १० गते शनिबार, २३ अप्रिल २०२२ । नलनाम संवत्सर, वैशाख कृष्णपक्षको सप्तमी तिथि ६ः४१ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरषाढा १९ः०६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३१ बजे र सूर्यास्त ६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । दिन राम्रो रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमसम्बन्धमा सफलता मिल्नेछ । व्यापार–व्यवसायमा लगानी बढाउनु पर्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अतिथिको रूपमा सत्कार पाइएला । कृषिक्षेत्रमा सफलता मिल्नेछ । दिन राम्रो रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन खिन्न हुने स्थिति आउनेछ । कामकाजमा केही अप्ठ्यारो आइपर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन भाग्यशाली भएर देखापर्नेछ । सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरीतवर्गप्रति आकर्षण बढ्नेछ । महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जीवन सन्तोषजनक हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यप्रति मन जानेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तहरूको सहयोगले कामकाज अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभसमाचार सुन्न पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । दिन राम्रो रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तीर्थयात्राको योग रहेको छ । कुुटुम्बको सहयोग मिल्ने देखिन्छ । मन शान्त रहला ।